Media Network

१२ अंकले बढ्यो नेप्से, १ अर्ब १८ करोडको सेयर कारोबार


खबरस्टोरी संवाददाता

२ असार २०७९,बिहीबार

काठमाडौं।  साताकोे सुरुवाती कारोबार दिन देखि नैं लगातार घटेको नेप्से आज बिहिबार भने बढेको छ । नेप्से आज १२ दशमलव ५७ अंकले बढेर १९ सय ७८ दशमलव ९४ अंकमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव एक अंकले बढेर तीन सय ८२ अंकमा चढ्न सफल भएको छ । 

नेप्सेमा आज दुई सय २१ वटा कम्पनीहरुको २५ हजार पाँच सय ८५ पटकको कारोबारमा ३५ लाख ९४ हजार पाँच सय ९४ कित्ता सेयर किनबेच भएका छन्।जसबाट आज कुल सेयर कारोबार रकम एक अर्ब १८ करोड ७१ लाख ४५ हजार पाँच सय १९ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमका बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र सामुहिक लगानी कोष सहितका ११ वटा समुहको सुचक बढेको भएपनि जीवन बीमा र लगानी समुहको सुचक भने घटेको छ । 

यसैगरी आज आँधीखोला लघुवित्त वित्तीय संस्था, रिभर फल्स पावर लिमिडेड, सामुदायिक लघुवित्त वित्तीय संस्था आदिले कमाएपनि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, माउन्टेन इर्नर्जी नेपाल लिमिटेड, घलेम्दी हाईड्रो पावर लिमिटेड आदिले गुमाएका छन् । नेपाल टेलिकम, नेपाल क्रेडिट एण्ड कर्मश बैंक, सिभिल बैंक, सानिमा बैंक आदिको भने आज बढी रकमक कारोबार भएका छन् ।   


Share:
Reaction :
ताजा समाचार
खेलकुद