आज कारोबार रकममा पनि सामान्य सुधार भएको छ । आज एक अर्ब ३९ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ११४ कम्पनीको शेयरमूल्य बढेको छ भने ७१ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य शेयरमूल्यमा उच्च वृद्धि भएको हो । नेप्सेका अनुसार आज हिमालयन उर्जा विकास कम्पनी, स्वरोजगार लघुवित्त विकास बैंक र गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।