आज नेप्सेमा दुई सय ३१ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट २४ हजार नौं सय ८३ पटकको कारोबारमा ३७ लाख १२ हजार दुई सय ७६ कित्ता सेयर किनबेच हुंदा कारोबार रकम एक अर्ब २३ करोड ८५ लाख १८ हजार दुई सय एक रुपैंयाँ पुग्न सफल भएको छ ।
आज १३ वटा समुहहरुको कारोबार हुंदा बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहहरुको सुचक बढ्दा नेप्सेमा पुरै हरियाली देखिएको छ । आज कारोबार भएका कम्पनीहरु मध्ये आँधीखोला लघुवित्त वित्तीय संस्था, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था, रिभर फल्स पावर लिमिटेड आदिले कमाएका छन् भने एनएमबी बैंकको ऋणपत्र, एनआईसी एशिया व्यालेन्स फण्ड, इर्मर्जिङ नेपाल लिमिटेड, आदिले गुमाएका छन् । नेपाल टेलिकम, नविल बैंक, नेपाल क्रेडिट एण्ड कर्मश बैंक आदिको भने आज बढी रकम कारोबार भएका छन् ।