क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ पनि छ दशमलव ५५ अंकले बढेर तीन सय ७९ दशमलव १५ अंकमा चढ्न सफल भएको छ ।
आज नेप्सेमा दुई सय २८ वटा कम्पनीहरुको २९ हजार चार सय ३४ पटकको कारोबारमा ४३ लाख ६८ हजार चार सय ३९ कित्ता सेयर किनबेच भएका छन् । सो अनुसार आज कुल सेयर कारोबार रकम एक अर्ब ४३ करोड १४ लाख छ सय ४१ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुँदा बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक सहितका १३ वटै समुहहरुको सुचक उच्च अंकले बढेको छ । सोही आधारमा नेप्से आज पुरै हरियो देखिएको छ ।
आज आँधीखोला लघुवित्त वित्तीय संस्था, अरुण हाईड्रो पावर कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक आदिले कमाएका छन् भने घलेम्दी हाईड्रो पावर कम्पनी, मैलुङखोला जलबिद्युत कम्पनी, समिट माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्था आदिले गुमाएका छन । न्यादी ग्रुप पावर लिमिटेड, एशियन लाईफ इन्स्योरेन्स कम्पनी, बरुण हाईड्रो पावर कम्पनी आदिको भने आज बढी परिमाणमा रकम कारोबार भएका छन् ।