Media Network

८ अंकले बढ्यो नेप्से, एक अर्ब ३२ करोडको शेयर कारोबार


खबरस्टोरी संवाददाता

४ जेष्ठ २०७९,बुधबार

काठमाडौं।  अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बुधबार भने बढेको छ । नेप्से आज आठ दशमलव ९० अंकले बढेर २२ सय ७४ दशमलव ४२ अंकमा चढ्न सफल भएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज दुई दशमलव ४१ अंकले बढेर चार सय ४१ दशमलव नौं अंकमा चढ्न सफल भएको छ । 

आज दुई सय २७ वटा कम्पनीहरुको २७ सय ५७ पटकको कारोबारमा ३१ लाख ५६ हजार नौं सय १३ कित्ता सेयर किनबेच भएकोमा कुल कारोबार रकम एक अर्ब ३२ करोड ६३ लाख २० हजार तीन सय ४६ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज कारोबार भएका १३ वटा समुहहरु मध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, होटल तथा पर्यटन, अन्य, लघुवित्त र लगानी समेतका आठ वटा समुहहरुको सुचक बढेर हरियो देखिंदा निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, उत्पादनमुलक र सामुहिक लगानी कोष सहितका पाँच वटा समुहहरुको सुचक घटेर रातो देखिएको छ ।

कारोबार भएका कम्पनीहरु मध्ये आज राधी जलबिद्युत कम्पनी, समता लघुवित्त वित्तीय संस्था, सानिमा इक्विटी फण्ड आदिले कमाएका छन् भने सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था, प्रभु लाईफ इन्स्योरेन्स कम्पनी, प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी आदिले गुमाएका छन् । अरुण भ्याली हाईड्रो पावर कम्पनी, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था आदिको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद