आज दुई सय ३१ वटा कम्पनीहरुको ३० हजार छ सय ८४ पटकको कारोबारमा ५० लाख पाँच हजार आठ सय १४ कित्ता सेयर किनबेच भएका छन् । सोही आधारमा कुल सेयर कारोबार रकम एक अर्ब ६४ करोड तीन लाख ५६ हजार छ सय आठ रुपैंयाँ पुगेको छ । १३ वटा समुहको कारोबार भएको मध्ये आज बाँणिज्य बैंक, बिकास बैंक, जलविद्युत, फाईनान्स, नीर्जिवन बीमा, जीवन बीमा, लघुवित्त, सामुहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरुको सुचक उच्च अंकले बढेपछि नेप्सेमा पुरै हरियाली छाएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सामुदायिक लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था आदिले कमाएपनि माउन्टेन हाईड्रोपावर नेपाल लिमिटेड, आरबीबी म्यचुअल फण्ड आदिले गुमाएका छन । यसैगरी आज अरुण भ्याली हाईड्रो पावर कम्पनी, कुमारी बैंक आदिको बढी रकम कारोबार भएका छन् ।