७४ अंकले बढ्यो नेप्से, दुई अर्ब भन्दा बढीको सेयर कारोबार


खबरस्टोरी संवाददाता
१६ असार २०७९, बिहीबार
७४ अंकले बढ्यो नेप्से, दुई अर्ब भन्दा बढीको सेयर कारोबार
काठमाडौं।  नेप्से सुधारोन्मुख देखिएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बिहिबार पनि ७४ दशमलव ९३ अंकले बढेर दुई हजार ३७ दशमलव ६४ अंकमा पुग्न सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ६३ अंकले बढेर तीन सय ९१ दशमलव ७८ अंकमा पुग्न सफल भएको छ । 

दुई सय २७ वटा कम्पनीहरुको ४७ हजार तीन सय ९२ पटकको कारोबारमा ७२ लाख ५४ हजार ७० कित्ता सेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ४५ करोड ८६ लाख १९ हजार चार सय ९५ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा बाँणिज्य बैंक, बिकास बैंक, जलविद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त समेतका १३ वटै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । 

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज नेपाल फाईनान्स, आँधीखोला लघुवित्त वित्तीय संस्था, नेपाल हाईड्रो डेभलपर लिमिटेड आदिले कमाएका छन् भने ग्लोवल आईएमई बैंकको ऋणपत्र, नारायणी डेभलपमेन्ट बैंक, खानीखोला हाईड्रो पावर कम्पनी आदि आदिले गुमाएका छन् । शिवम सिमेन्ट, नेशनल हाईड्रो पावर कम्पनी, आँधीखोला लघुवित्त वित्तीय संस्था, बरुण हाईड्रोपावर कम्पनी आदिको भने आज बढी रकम कारोबार भएका छन् ।