५७ अंकले बढ्यो नेप्से, दुई अर्ब ४८ करोडको सेयर कारोबार


खबरस्टोरी संवाददाता
१९ असार २०७९, आईतवार
५७ अंकले बढ्यो नेप्से, दुई अर्ब ४८ करोडको सेयर कारोबार
काठमाडौं। चालु आर्थिक बर्षको समाप्तीको मिति नजिंकिंदै गर्दा नेप्सेमा भने उछाल आएको छ । बिगतमा लगातार घट्दै आएको नेप्से साताको पहिलो कारोबार  दिन आईतबार नैं ५७ दशमलव ६१ अंकले बढेर दुई हजार ८६ दशमलव ३८ अंकमा चढ्न सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्न्सिटि इन्डेक्स पनि १० दशमलव २२ अंकले बढेर तीन सय ९८ दशमलव ८४ अंकमा कायम चढ्न सफल भएको छ । 

नेप्सेमा आज दुई सय ३१ वटा कम्पनीहरुको ४५ हजार एक सय २० पटकको कारोबारमा ६२ लाख २७ हजार छ सय ९२ कित्ता सेयर खरिद बिक्री भएका छन्  सोही खरिद बिक्रीका आधामा आज कुल दुई अर्ब ४८ करोड चार लाख ७३ हजार नौं सय ९९ रुपैंयाँ बराबरेको सेयर कारोबार भएको छ । 

नेप्सेमा आज कारोबार भएका १३ वटा समुहहरु मध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, सहितका १३ वटै समुहहरुको सुचक उच्च् बिन्दुले बढेर नेप्सेमा पुरै हरियाली छाएको छ । 

यसैगरी कारोबार भएका कम्पनीहरु मध्ये साल्ट ट्रेडिङ कर्पोरेशन नेपाल लिमिटेड, अपर तामाकोशी हाईड्रो पावर कम्पनी, सान्जेन हाईड्रो पावर कम्पनी आदिले कमाएका छन् भने तारागाँउ रेजिन्सी होटल लिमिटेड, आशा लघुवित्त वित्तीय संस्था, सानिमा जनरल इन्स्योरेन्स कम्पनी आदिले गुमाएका छन् । न्यादी ग्रुप पावर लिमिटेड, अपर तामाकोशी हाईड्रो पावर कम्पनी, हिमालयन डिष्ट्रिलरी प्राली आदिको भने आज बढी रकम कारोबार भएका छन् ।