Media Network

५३.३० अंकले बढ्यो शेयर बजार, कारोबार रकम भने बढ्न सकेन


खबरस्टोरी संवाददाता

३ फाल्गुन २०७८,मंगलवार

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ५३.३० अंकले बढेर दुई हजार सात सय ५४ दशमलब २८ विन्दुमा पुगेको हो । 

त्यस्तै, आज नेप्से बढेपनि कारोबार रकम भने बढ्न सकेको छैन । आज ३ अर्ब २३ करोड ३३ लाख बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीहरुमा न्यादी हाइड्रोपावर कम्पनी र तेह्रथुम पावर कम्पनी रहेको छ । 

त्यस्तै, आज एनआइसी एसिया ब्यालेन्स फण्डको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।               

Share:
Reaction :
ताजा समाचार
खेलकुद