Media Network

नेप्से ४१ अंकले घट्दा एक अर्ब ५३ करोडको कारोबार


खबरस्टोरी संवाददाता

५ बैशाख २०७९,सोमबार

काठमाडौं।  नेप्सेको उच्च गिरावटले साताको दोस्रो कारोबार दिन आज सोमबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन २९ अंकले घटेको नेप्से आज पुन ४१ दशमलव ७७ अंकले घटेर २३ सय ४३ दशमलव ८७ अंकमा खुृम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ८२ अंकले घटेर चार सय ४४ दशमलव १५ अंकमा खुम्चिएको छ । 

नेप्सेमा आज सय २९ वटा कम्पनीहरुको ३१ हजार आठ सय २५ पटकको कारोबारमा ३८ लाख ७६ हजार तीन सय दुई कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ५३ करोड छ लाख ९२ हजार नौं सय ५६ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहहरुको सुचक घट्दा नेप्से पुरै रातो देखिएको छ । 

यसैगरी आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक आदिले कमाउँदा एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, युनाईटेड इदी मर्दी आरबी हाईड्रो पावर कम्पनी, एनआइसी एशिया सेलक्ट फण्ड आदिले गुमाएका छन् । नविल बैंक, युनिलिभर नेपाल लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड आदिको भने आज बढी रकम कारोबार भएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद