Media Network

३०.७५ अंकले घट्यो नेप्से


खबरस्टोरी संवाददाता

२१ पुष २०७८,बुधबार

काठमाडौँ। साताको चौंथो कारोबार दिन आज ( बुधवार) सेयर बजार ओरालो लागेको छ। पछिल्लो तीन दिनमा १५५ अंकले बढेर २ हजार ६ सय विन्दुमाथि पुगेको नेप्से परिसूचकमा आज भने ३० अंकले गिरावट आएको छ।

साताको पहिलो कारोबार आइतबार ६० अंकले बढेको नेप्से सोमबार पनि त्यसैको निरन्तरता स्वरूप ३२ अंकले बढेको थियो भने आइतबार र सोमबारको भन्दा मंगलबार नेप्से परिसूचक ६३.०१ अंकले बढेको थियो। तर, बुधबार नेप्से परिसूचक ३०.७५ अंकले गिरावट आएर २ हजार ६४९.२० विन्दुमा झरेको छ।

त्यस्तै, ठूला कम्पनीको सेयर मूल्यमापक गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.६८ अंक, फ्लोट इन्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.७५ अंकले गिरावट आएको छ।

बुधबार कारोबारमा आएका २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता सेयर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँको सेयर कारोबार भएको छ।  नेप्सेका १३ उपसमूहमध्ये जलविद्युत् र फाइनान्सबाहेक अन्य सबै उपसमूह राताम्मे भएको छ। जसमध्ये जलविद्युत् उपसमूह ०.४९ प्रतिशत र फाइनान्स उपसमूह ०.१ प्रतिशतले बढेको छ।

होटल तथा पर्यटन उपसमूहको परिसूचक २.२१ प्रतिशतले गिरावट आएको छ। उत्पादन तथा प्रशोधन उपसमूह १.७४ प्रतिशत, विकास बैंक उपसमूहको परिसूचक १.७१ प्रतिशतले गिरावट आएको छ। त्यस्तै, बैंकिङ, वित्त, लगानी उपसमूह र अन्य उपसमूहको परिसूचक १ प्रतिशतले गिरावट आएको छ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद