Media Network

३१ अंकले घट्यो नेप्से, एक अर्ब २६ करोड रुपैंयाँको कारोबार


खबरस्टोरी संवाददाता

२१ बैशाख २०७९,बुधबार

काठमाडौं।  नेप्से उच्च अंकले घटेको छ । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से ३१ दशमलव ७६ अंकले घटेर २२ सय ७५ दशमलव ६८ अंकमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव नौं अंकले घटेर चार सय ३६ दशमलव ८८ अंकमा खुम्चिएको छ ।

 नेप्सेमा आज दुई सय ३३ वटा कम्पनीहरुको २७ हजार पाँच सय ६६ पटक सेयर कारोबार भएको छ । जसबाट ३६ लाख दुई हजार आठ सय ४८ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम एक अर्ब २६ करोड ९२ लाख १९ हजार चार सय २१ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज कारोबार भएका १३ वटा समुहहरु मध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहहरुको सुचक घटेको छ । सोही कारण नेप्से आज पुरै रातो देखिएको छ । 

आज कारोबार भएका कम्पनीहरु मध्ये भने जाल्पा लघुवित्त वित्तीय संस्था, बिजय लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था आदिले कमाए पनि ग्रिन भेञ्चर लिमिटेड, युनाईटेड इदीमर्दी हाईड्रो पावर कम्पनी आदिले गुमाएका छन् । बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी, नेपाल टेलिकम आदि परेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद