प्रधानमन्त्री देउवाको उक्त निर्देशनसँगै आज सोमबार नेप्सेमा सुधार देखिने अपेक्षा आम लगानीकर्ताहरुले गरेका थिए । तर आज त्यो अपेक्षा अपेक्षामा मात्र सिमित रहेको छ । सुरुवाती समय झिनो अंकले बढेको नेप्से साताको पहिलो कारोबार दिन आज सोमबार १२ दशमलव ९२ अंकले घटेर दुई हजार ६५ दशमलव ७८ अंकमा खुम्चिएको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १२ अंकले घटेर चार सय दशमलव ३६ अंकमा खुम्चिएको छ । दुई सय २८ वटा कम्पनीहरुको आज २५ हजार नौं सय आठ पटकको कारोबारमा ४४ लाख नौं हजार छ सय ९१ कित्ता सेयर खरिद बिक्री भएका छन । सो अनुसार आज कुल सेयर कारोबार रकम एक अर्ब २७ करोड ३३ लाख ८५ हजार दुई सय ७७ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । सो मध्ये बाँणिज्य बैंक, निर्जिवन बीमा, जीवन बीमा, जलबिद्युत, टे«डिङ, होटल तथा पर्यटन र लगानी समेत गरी सात वटा समुहहरुको सुचक घटेका छन् भने बिकास बैंक, फाईनान्स, लघुवित्त, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष सहितका छ वटा समुहहरुको सुचक बढेका छन् ।
यसैगरी आज उपकार लघुवित्त वित्तीय संस्था, बलेफी हाईड्रो पावर कम्पनी आदिले कमाएका छन् भने हिमालयन बैंक, माउन्टेन इर्नर्जी नेपाल लिमिटेड आदिले गुमाएका छन् । एशियन लाईफ इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी प्राली आदिको भने आज बढी रकम कारोबार भएका छन् ।