नेप्सेमा आज दुई सय २७ वटा कम्पनीहरुको २३ हजार एक सय ३४ पटकको कारोबारमा ३० लाख २० हजार ६७ कित्ता सेयर किनबेच भएको छ । सोही आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब सात करोड ८४ लाख ८४ हजार एक सय ८२ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज कारोबार भएका १३ वटा समुहहरु मध्ये बिकास बैंक, जलबिद्युत र फाईनान्स समुहको सुचक बढेपनि बाँणिज्य बैंक, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी सहितका १० वटा समुहहरुको सुचक घटेका छन् ।
यसैगरी आज कारोबार भएका कुल कम्पनीहरु मध्ये मैलुङ खोला जलबिद्युत कम्पनी, बलेफी हाईड्रो पावर कम्पनी, नारायणी डेभलपमेन्ट बैंक आदिले कमाएका छन् भने शिखर इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक, लाईफ इन्स्योरेन्स कम्पनी आदिले गुमाएका छन् ।
नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन डिष्ट्रिलरी प्राली, शिखर इन्स्योरेन्स कम्पनी आदिको भने आज बढी रकम कारोबार भएको छ ।