Media Network

२९ अंकले घट्यो नेप्से, ४४ करोड रुपैंयाँको कारोबार


खबरस्टोरी संवाददाता

४ बैशाख २०७९,आईतवार

काठमाडौं। आइतबार नेप्से पुरै रातो देखिएको छ । साताको पहिलो कारोबार दिन आज नेप्से २९ दशमलव छ अंकले घटेर २३ सय ८५ दशमलव ६४ अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव १२ अंकले घटेर चार सय ५० दशमलव ९७ अंकमा खुम्चिएको छ । 

नेप्सेमा आज दुई सय ३३ वटा कम्पनीहरुको २९ हजार ४४ पटकको कारोबारमा ३४ लाख सात हजार दुुई सय ७२ कित्ता सेयर कारोबार भएका छन् । जसबाट आज एक अर्ब ४४ करोड सात लाख २३ हजार एक सय ८२ रुपैंयाँको सेयर किनबेच हुन पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । ति मध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलविद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा सहितका १३ वटै समुहहरुको सुचक घटेर नेप्से रातै भएको छ । 

नेप्सेमा आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, सिद्धार्थ इक्विटी फण्ड, सिभिल लघुवित्त वित्तीय संस्था आदिले कमाए पनि हिमालयन ऊर्जा बिकास कम्पनी, सामलिङ पावर कम्पनी, शिवश्री हाईड्रो पावर कम्पनी आदिले भने गुमाएका छन् । नेपाल टेलिकम, ग्लोवल आईएमई बैंकको ऋणपत्र, हिमालयन डिष्ट्रिलरी प्राली आदिको भने आज बढी परिमाणमा रकम कारोबार भएको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद