क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ११ अंकले घटेर चार सय १५ दशमलव ६३ अंकमा खुम्चिएको छ । दुई सय २९ वटा कम्पनीहरुको आज २७ हजार पाँच सय १९ पटकको कारोबारमा ३७ लाख ६९ हजार आठ सय १२ कित्ता खरिद बिक्री भएको छ । सोही खरिद बिक्रीको आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० रुपैँया पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएको छ । सो मध्ये सामुहिक लगानी कोष समुहको सुचक बढेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, लघुवित्त सहितका १२ वटा समुहहरुको सुचक उच्च अंकले घटेका छन् ।
आज कारोबार भएका कुल कम्पनीहरु मध्ये उपकार लघुवित्त वित्तीय संस्था, नविल व्यालेन्स फण्ड २, दिव्येश्वरी हाईड्रो पावर कम्पनी आदिले कमाएका छन् भने नेपाल इन्भेष्टमेन्ट बैंक, लाईफ इन्स्योेरेन्स कर्पोरेशन नेपाल लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक आदिले गुमाएका छन् ।
एनआईसी एशिया बैंक, नविल बैंक, अरुण भ्याली हाईड्रो पावर कम्पनी आदिको भने आज बढी परिमाणमा रकम कारोबार भएको छ ।