नेप्सेमा आज दुई सय २९ वटा कम्पनीहरुको ४३ हजार एक सय २२ पटकको कारोबारमा ५६ लाख ४१ हजार पाँच सय ४० कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल सेयर कारोबार रकम दुई अर्ब चार करोड ४८ लाख ३१ हजार नौं सय ४८ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा जीवन बीमा र लगानी समुहको सुचक बढेपनि बाँँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, लघुवित्त, ट्रेडिङ, होटल तथा पर्यटन सहितका ११ वटा समुहहरुको सुचक उच्च अंकले घटेका छन् ।
यसैगरी आज सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था, न्यादी ग्रुप पावर लिमिटेड, सिद्धार्थ बैंक आदिले कमाएका छन् भने उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, प्राईम कर्मसियल बैंकको ऋणपत्र, युनाईटेड इदी मर्दी हाईड्रो पावर कम्पनी आदिले गुमाएका छन् । नागरिक लगानी कोष, हिमालयन डिष्ट्रिलरी प्र्राली, नविल बैंक आदिको भने आज बढी रकम कारोबार भएका छन् ।