Media Network

३५ अंकले घट्यो नेप्से, दुई समुहले कमाउँदा ११ समुहले गुमाए


खबरस्टोरी संवाददाता

१२ बैशाख २०७९,सोमबार

काठमाडौं।  नेप्से पुन घटेको छ । अघिल्लो दिन एकपटक ९५ अंकले बढेको नेप्से आज सोमबार भने पुन: ३४ दशमलव ९५ अंकले घटेर २३ सय ८६ दशमलव एक अंकमा खुम्चिएको छ । सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव १९ अंकले घटेर चार सय ५४ दशमलव ६९ अंकमा खुम्चिएको छ । 

दुई सय ३९ वटा कम्पनीहरुको आज ४६ हजार चार सय एक पटक सेयर कारोबार भएको छ । जसबाट ५० लाख ४७ हजार सात सय ६९ कित्ता किनबेच भएको छ भने कारोबार रकम दुई अर्ब चार करोड २२ लाख ५३ हजार एक सय ८२ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज कारोबार भएका १३ वटा समुहहरु मध्ये होटल तथा पर्यटन र सामुहिक लगानी कोष समुहको सुचक बढेको भएपनि बाँणिज्य बैक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा सहितका ११ वटा समुहरुको सुचक घटेर रातै भएको छ । 

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज जाल्पा लघुवित्त वित्तीय संस्था, घलेम्दी हाईड्रो पावर कम्पनी, हिमाल दोलखा हाईड्रो पावर कम्पनी आदिको सेयर मुल्य बढेपनि एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर, युनाईटेड इदीमर्दी हाईड्रो पावर कम्पनी आदिको सेयर मुल्य भने घटेका छन् । अरुण भ्याली हाईड्रो पावर कम्पनी, शिवम सिमेन्ट, ग्रिन भेञ्चर लिमिटेड आदिको भने आज बढी परिमाणमा रकम कारोबार भएका छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद