Media Network

३८ अंकले घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट


खबरस्टोरी संवाददाता

५ माघ २०७८,बुधबार

काठमाडौँ। साताको चौंथो कारोबार दिन आज (बुधबार) सेयर बजारमा गिरावट आएको  छ । आज नेप्से परिसूचक ३८.३५ अंकले घटेर २ हजार ८९८.३१ विन्दुमा झरेको छ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.८१ अंकले घटेको छ। आज कारोबारमा आएका २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँमा खरिद बिक्री भएको छ। आज कारोबार रकम पनि घटेको छ। मंगलबार ८ अर्ब बढीको सेयर कारोबार भएकोमा बुधबार ६ अर्ब रुपैयाँको सेयर कारोबार भएको हो।

बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचकमा गिरावट आएको छ। जसमा व्यापार उपसमूह, फाइनान्स उपसमूह, विकास बैंक उपसमूहको सूचक भारी अंकले गिरावट आएको छ। आज कारोबारमा आएको बुद्धभूमि हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ। सामलिङ्ग पावरको ९.९६ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ४.२९ प्रतिशत र सेञ्चुरी बैंकको २.७९ प्रतिशतले बढेको छ।

त्यस्तै घलेम्दी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ४.३४ प्रतिशतले घटेको छ। कालिका लघुवित्तको ४.२३ प्रतिशत, मध्य भोटेकोशी हाइड्रोपावरको ३.८३ प्रतिशत र गुह्वेश्वरी फाइनान्सको ३.६७ प्रतिशतले घटेको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद