Media Network

७२.३० अंकले घट्यो शेयर बजार


खबरस्टोरी संवाददाता

१९ मंसिर २०७८,आईतवार

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से ७२.३० अंकले घटेर दुई हजार ५ सय १३ दशमलब ८९ विन्दुमा थामिएको हो । बजार बिहीबारको तुलनामा २.८० प्रतिशतले ओरालो लागेको छ । 

बजार राताम्य भएसँगै कारोबार रकम समेत खुम्चिएको छ । आइतबार कुल २२६ कम्पनीको ६० हजार ८८ पटक कारोबार भयो । यस कारोबारबाट ८९ लाख २० हजार ८ सय ९४ कित्ता शेयर किनबेच भएको छ । आइतबार कारोबार रकम ४ अर्ब ९ करोड ७ लाख ६५ हजार ३ सय २५ मात्र रह्यो । आइतबार सबै समूहको परिसूचक ओरालो लाग्यो । यसमध्ये वित्त, व्यापार, लगानीसहितका क्षेत्रमा रहेका कम्पनीको मूल्यमा सबैभन्दा धेरै घटुवा भयो ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद