Media Network

११.९६ अंकले घट्यो शेयर बजार, ३ अर्ब ८२ करोडको कारोबार


खबरस्टोरी संवाददाता

२७ माघ २०७८,बिहीबार

काठमाडौँ।  साताको अन्तिम कारोबार दिन आज (बिहीबार) शेयर बजार परिसूचक नेप्से ११.९६ अंकले घटेर २८०१ अंकमा कायम भएको छ । आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ । आज कुल ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ । 

बैंकिङ १०, होटल तथा पर्यटन १९, विकास बैंक २८, जलविद्युत २७, फाइनान्स १२, निर्जीवन बीमा ८१, लघुवित्त ३७, उत्पादन १ र जीवन बीमा उपसमूह १३ अंकले घटे । अन्य १२ र व्यापार उपसमूह ४६ अंकले बढे । कुल ३९ कम्पनीको मूल्य बढ्यो भने १४४ को घट्यो । त्यस्तै ८ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज मिथिला लघुवित्तको मूल्य सबैभन्दा धेरै ४ प्रतिशतले घट्यो भने  सिन्धु विकास बैंकको सबैभन्दा धेरै २.२ प्रतिशतले बढ्यो । त्यस्तै नेपाल टेलिकम, नेसनल हाइड्रोपावर, आईएमई जनरल इन्स्योरेन्स, अरुणभ्याली हाइड्रोपावर र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी कारोबार रकमका आधारमा क्रमश: अगाडि रहे ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद