काठमाडौं । युक्रेन–युद्धसँगै अमेरिकी डलरको भाउ उच्च हुँदै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विहीबार अमेरिकी डलरको भाउ नयाँ उचाइमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकले विहीबार एक अमेरिकी डलरको खरिद दर १२४ रुपैयाँ ८ पैसा र बिक्रीदर १२४ रुपैंया ६८ पैसा तोकेको छ । करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकामा पछिल्ला दिनमा लगातार बढिरहेको छ । बुधबार अमेरिकी डलरको विनियम दर १२४. ६४ रुपैयाँ थियो ।
भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा नेपाली रुपैयाँको भाउ खस्किँदै गएको छ ।
डलरको भाउ बढ्दा नेपाल आउने रेमिट्यान्समा सामन्य वृद्धि हुन्छ । तर आयातमा आधारित अर्थतन्त्र भएका कारणले गर्दा हरेक वस्तुको मूल्य बढ्न सक्छ । डलरको मूल्य बढ्दा वैदेशिक रोजगारीमै जाने लागतमा पनि वृद्धि हुनसक्छ । हवाइ यात्रा महँगो हुने भएकाले गर्दा रोजगारीको लागत पनि बढ्छ ।
आजको विदेशी मुद्राको बिनिमयदरः