Media Network

३२ अङ्कले बढ्यो नेप्से, कारोबार रकम साढे चार अर्ब रुपैयाँभन्दा धेरै


खबरस्टोरी संवाददाता

१९ पुष २०७८,सोमबार

 काठमाडौँ।  साताको दोस्रो कारोबार दिन आज (सोमबार) शेयर बजार बजार परिसूचक नेप्से बढेको छ । हिजो आइतवार ६० अङ्कले बढेको नेप्से आज ३२ दशमलव शून्य तीन अङ्कले बढेर दुई हजार ६ सय १६ दशमलव ९४ विन्दुमा पुगेको छ ।

आज उत्पादनबाहेक सबैजसो समूहको शेयर बढेको छ । माइक्रोफाइनान्स समूहको शेयर एक सय ४५ अङ्कले, जीवन बीमा समूहको ९३ अङ्कले,  निर्जीवन बीमा समूहको ६१ र विकास बैंक समूहको शेयर ७३ अङ्कले बढेको छ ।

आज दुई सय ३० कम्पनीका ८२ लाख पाँच हजार कित्ता शेयर चार अर्ब ५३ करोड ३० लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको २८ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज मध्य भोटेकोसी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।  त्यस्तै गुराँस लघुवित्त कम्पनीको साढे नौ प्रतिशतले बढेको छ । आज रुरु जलविद्युत् र नेपाल बङ्गलादेश बैंकको शेयर भने साढे दुई प्रतिशतले घटेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद