अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्। सरकारले सूचना विभागमार्फत मिडियालाई लोककल्याणकारी विज्ञापन वितरण गर्ने गरेको छ। पछिल्लो समय नाफामुखी निजी मिडियालाई सरकारले लोककल्याणकारी विज्ञापनको नाममा सरकारी रकम दिन नहुने र खारेज गर्नुपर्ने माग समेत उठ्दै आएको छ।उनले श्रमजीवी पत्रकारहरूका लागि कार्यान्वयनमा रहेको दुर्घटना बिमालाई समेत निरन्तरता दिएको उल्लेख गरेका छन्।