Media Network

अपर हेवाखोला हाइड्रोको आईपीओे भर्ने आज अन्तिम दिन


खबरस्टोरी संवाददाता

२८ असार २०७९,मंगलवार

काठमाडौँ। अपर हेवाखोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। यस कम्पनीमा १ अर्ब २१ करोड ९६ लाख ९४ हजार रुपैयाँ बराबरको आवेदन परेको हो  । सीडीएसका अनुसार मंगलबार (असार २८ गते) बिहान १० बजेसम्ममा १० लाख ५९ हजार ९३९ जनाले १ करोड २१ लाख ९६ हजार ९४० कित्ताका लागि आवेदन दिएका छन् । 

उक्त कम्पनीले २४ असारदेखि १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । योमध्ये ७५ हजार कित्ता सामूहिक लगानी कोष र ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा एनएमबी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।

लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले अपर हेवाखोलाको आईपीओलाई औसत जोखिम जनाउने ‘कियरएनपी डबल बी’ रेटिङ दिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद