Media Network

अपर सोलु हाइड्रोको १९ करोड बढी आइपीओ बाँडफाँट


खबरस्टोरी संवाददाता

३० असार २०७९,बिहीबार

काठमाडौँ। बिहीबार अपर सोलु हाइड्रोको आइपीओ  बाँडफाँट भएको छ । अपर सोलु हाइड्रोले २० देखि २३ असारसम्म सर्वसाधारणका लागि १९ करोड ५७लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

यसमा गोलाप्रथामार्फत एक लाख ८२ हजार ४७ जना सर्वसाधारण लगानीकर्ताले सेयर पाएका छन् । जसमध्ये पाँचजनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् ।

आइपीओमा कुल १४ लाख ४६ हजार ९८५ जनाले आवेदन दिएकामा एक हजार ७९१ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जानकारी गराएको छ ।

यसमध्ये ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोष र ३९ हजार १५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था छ ।

 



Share:
Reaction :
ताजा समाचार
खेलकुद