Media Network

२२ अर्ब ६० करोड रुपैयाँँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


खबरस्टोरी संवाददाता

२६ असार २०७९,आईतवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार बाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरुको लागि २२ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । 

राष्ट्र बैंकका अनुसार ट्रेजरी बिल खरिदको लागि सो दिन अपरान्ह तीन बजेसम्म बोलकवोल पेस गर्नुपर्ने छ । जारी मिती असार २८ गते तोकिएको टे«जरी बिल मध्य ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको आठ अर्ब ६० करोड रुपैंयाँको रहेको छ । 

यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः  २०७९ असोज २५ गते, २०७९ पुस २६ गते र बि.सं २०८० असार २६ गते तोकिएका छन् । यही असार २० गते पनि राष्ट्र बैंकले १८ अर्ब एक करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको राष्ट्र बैंकको भनाई छ ।      


Share:
Reaction :
ताजा समाचार
खेलकुद