Media Network

अर्थमन्त्री शर्मा भन्छन्– यो चुनावी बजेट होइन


खबरस्टोरी संवाददाता

१६ जेष्ठ २०७९,सोमबार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको बजेट चुनावी बजेट नभएको दाबी गरेका छन् । आर्थिक वर्ष २०७९/८० का लागि अर्थमन्त्री शर्माले सार्वजनिक गरेको बजेटबारे सोमवार भएको अन्तरक्रियामा चुनावी बजेट नभएको दाबी गरेका हुन् । उनले वर्तमान सरकारले ल्याएको बजेट महत्वाकांक्षी नभएको पनि दाबी गरे । बजेटमा आगामी वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राखिएको भन्दै मन्त्री शर्माले यो कुनै महत्वाकांक्षी कुरा नभएको बताए । 

बजेटमा किसान पेन्सनको कुरा गरिएको, त्यो उत्पादनसँग सम्बन्धित भएको तर चुनावसँग सम्बन्धित नभएको मन्त्री शर्माले जिकिर गरे । 

अर्थमन्त्री शर्माले आफ्नो प्रयासमा केही कमजोरी भएको पनि हुन सक्ने स्वीकार गरे । निर्माण ब्यवसायी लगायत केही क्षेत्रबाट गुनासो आएको भन्दै मन्त्री शर्माले ती गुनासोहरु सम्बोधन गर्ने ठाउँ बाँकी नै रहेको उल्लेख गरे । 

अहिलेको बजेट ल्याउने काममा प्रधानमन्त्री शेरबहादुर देउवासहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका माधव नेपाल, जसपाका उपेन्द्र यादवले मार्ग निर्देशन गरेको पनि मन्त्री शर्माले जानकारी दिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद