Media Network

बढ्यो सुन-चाँदीको भाउ, कारोबार कतिमा ?


खबरस्टोरी संवाददाता

३० असार २०७९,बिहीबार

काठमाडौं। बिहीबार नेपाली बजारमा  सुनको भाउ प्रतितोला तीन सय रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेर ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको ९४ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बुधबार छापावाल सुन तोलाको ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको भाउ तोलाको ९३ हजार आठ सय रुपैयाँ निर्धारण भएको थियो । 

चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर ११ सय ८० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला ११ सय ७० रुपैयाँ कायम रहेको थियो ।

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद