Media Network

बढ्यो सुनचाँदीका मूल्य


खबरस्टोरी संवाददाता

२६ माघ २०७८,बुधबार

काठमाडौँ। सुनचाँदी बजारमा आज छापावाल सुन प्रतितोला रु ३०० ले उकालो लागेर रु ९३ हजार ४०० पुगेको छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९३ हजार १००मा कारोबार भएको थियो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ९०० छ, यसको मूल्य अधिल्लो दिन रु ९२ हजार ६०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार २८० कायम रहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२७ डलर आसपास कारोबार भइरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद