बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


खबरस्टोरी संवाददाता
९ असार २०७९, बिहीबार
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। सुनको मूल्य बिहीबार प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ ।

बुधबार प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको सुनको भाउ बिहीबार २०० रुपैयाँले वृद्धि भएर ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी सुनको भाउ पनि ९७ हजारमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

बिहीबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।