सन् २०१७ देखि भिभो फिफा विश्वकपको दुई संस्करणमा आधिकारिक स्मार्टफोन भइसकेको छ । यसवर्ष, विश्वभरका फुटबल फ्यानहरूसँग अविस्मरणीय अनुभव सिर्जना गर्न उक्त प्रतियोगिता यहीँ २१ नोभेम्बर, २०२२ देखि कतारमा आयोजना हुँदैछ ।
यस साझेदारीसँगै भिभोले फिफा विश्वकपमा आधिकारिक प्रतीक र आधिकारिक ब्रान्ड पहिचान प्रयोग गरेर विश्वभरका फुटबल फ्यानहरूसँग जोडिन अद्वितीय प्रवद्र्धनहरू सञ्चालन गर्नेछ । यसका साथै, भिभोले इमर्सिभ ग्राहक अनुभवहरू सिर्जना गर्दै ग्राउन्डब्रेकिंग स्मार्टफोन टेक्नोलोजीलाई अगाडि बढाएर अन्तर्राष्ट्रिय स्तरमा वृद्धि गर्ने प्रयास गरिरहेको छ ।
साझेदारीको उत्साह व्यक्त गर्दै भिभो नेपालका सीईओ माइकलले भने, “फिफा विश्वकप २०२२ कतारसँगको यो सहकार्य भिभोका लागि निर्णायक क्षण हो । यसले प्रतिष्ठित फिफा विश्वकप कतार २०२२ लाई भिभोका लागि एक आदर्श मञ्च बनाउँछ, किनकि हाम्रो विश्वका ६० भन्दा बढी देश र क्षेत्रहरूमा उपस्थिति रहेको छ ।’’
दक्षिण एसियामा शुरुवात गरेदेखि नै, भिभोको ध्यान र प्रतिबद्धता स्थानीय ग्राहकहरूलाई उत्कृष्ट उत्पादन अनुभवहरू उपलब्ध गराउनमा रहेको कम्पनीले जनाएको छ ।