Media Network

भिभो ई अभियान मानिसहरूलाई आफ्नो भित्री सुन्दरतामा विश्वास गर्न प्रेरित


खबरस्टोरी संवाददाता

९ चैत्र २०७८,बुधबार

काठमाडौ । भिभो, एक अभिनव विश्वव्यापी स्मार्टफोन ब्रान्डले हालै नेपालमा भि २३ ईसार्वजनिक गरेको छ । विश्वबजारमा धेरै प्रख्यात भि श्रृखलामा हालै थपिएको भि २३ ई लेनेपालमा ग्राहकहरूबाट राम्रो प्रतिकृया पाएको छ । दुई दिन भित्रमा देशभरबाट आएका धेरै प्रि–बुकिङ अर्डरहरूले पनि यसको सफलतालाई दर्शाएको छ ।

भिभोले हालै भि २३ई को “भि आर गोर्जस” व्यक्तित्व झल्काउने नेपालका मुख्य प्रभावशाली व्यक्तित्वहरू–प्रदीप खड्का, सुकदेव कार्की, सजन श्रेष्ठ, भेक र एन्जल महर्जन लगायतसंग सहकार्य गरेको छ । भिभोले ती प्रभावकारी व्यक्तिहरूलाई उनीहरूको फ्यानबेससँग मानिसहरुखास गरी भिन्नताका बाबजुद सुन्दर छन् भन्नेमर्म जगाउन र आफ्नो सुन्दर रुपान्तरण कथाहरू बताउँन प्रोत्साहित गरेको छ । 

यस सहकार्यमा प्रदीप खड्काले यस पुस्ताले भित्री सुन्दरता अनुभव गर्न बढ्दो आवश्यकताबारे आफ्ना विचार राखे । उनी भन्छन्,“हाम्रो पुस्ताले सामाजिक सञ्जालको युगमा जन्मिने सुअवसर पाएका छन् । तैपनि, हामीएकदमै कम सामाजिक भइरहेका छौं । हामी निरन्तर बाह्य प्रमाणीकरण खोज्दै अरू मानिसहरूले के सोच्छन् भनेर अल्झिरहेका छौं । यो आफ्नो कम्फट जोनबाट बाहिर निस्किएर आफ्नो वास्तविक भित्री क्षमता पहिचान गर्दै आफू जे जस्तो हुनहुन्छ त्यसमै सुन्दर महसुस गर्नेेउच्च समय हो ।” उनले आफू जस्तो छ त्यसमै भित्री सुन्दरता र शान्ति खोजिरहेको आफ्नोविगत ६–७ वर्षदेखिको रूपान्तरणको यात्रा पनि सुनाए। उनले आफ्ना दर्शकहरूलाई आत्म–संतुष्टको अभिलाषा राख्न उत्प्रेरित गरे ।

त्यसैगरी सोबर वाङ डी अर्थात छिरिङ वाङ डीले लागुऔषधको लतबाट मुक्तिको लामो रुपान्तरण यात्राबारे खुलासा गरे । ७ वर्ष लामो यो कठिन यात्रामा उनी पूर्ण जोश र इच्छाशक्तिका साथ सफल भए । उनले समान मानिसहरूलाई उनीहरूको भित्री सुन्दरता पत्ता लगाउन मद्दत गर्न सोबर नामकसुधार केन्द्र स्थापना गरे । यसले लागुऔषधको लतबाट निको भइरहेका मानिसहरूलाई एक आश्रय र सही मार्गनिर्देशन दिएको छ जो आफैं यस्तै परिस्थितिबाट गुज्रिएका थिए। सोबर वाङ डी जस्ता व्यक्तित्वहरूको साथ उभिएर भिभोलेरूपान्तरणमा मानव जीवनको एक हिस्सा भएकोविश्वास गर्ने ब्रान्डको रूपमा आफूलाई सही रूपमा प्रदशर्¬न गरेको छ ।

यो सहकार्यले धेरै मानिसहरूलाई आफ्नो रुपान्तरणको यात्राबारे खुलेर बताउँन प्रेरित ग¥यो । भिभोले सबैकोआफ्नो एउटासुन्दर कथा हुन्छ भन्ने विश्वासका साथ “सेयर योर गोर्जर स्टोरी” नामक प्रतियोगिता सुरु गर्योजसमा सहभागी भई दुई भाग्यशाली विजेताहरूले प्रदीप खड्कासँग फिचर हुने अवसरका साथै प्रत्येक रु पाँच हजार नगद पुरस्कार जित्ने मौका पाउने छन् ।

यो प्रतियोगिता निकै सफल भयो जहाँ थुप्रै व्यक्तिहरु आफ्नो रुपान्तरणको कथा सुनाउन प्रेरित भएका थिए । धेरै सहभागीहरू मध्ये श्रृष्टि शाही र सबरीना कंसाकार हालै यस प्रतियोगिताको दुई भाग्यशाली विजेता घोषणा भएको छ । ती दुबैले उनीहरूलाई आफ्नो सांगुरो दुनियाँबाट बाहिर आउन र भि २३ ई जस्तैआज आत्मविश्वास, जोश र सुन्दरताले भरिपूर्ण व्यक्ति बन्न हौसला मिलेको आफ्नो सुन्दर रूपान्तरणको कथा सुनाए ।  भि २३ ई ले आफ्ना प्रयोगकर्ताहरूलाई सुन्दर सेल्फी अनुभव प्रदान गर्न फ्रन्टमा उच्च रिजोल्युसनको ५० एमपी अटोफोकस पोट्रेट सेल्फी क्यामेराको विशेषता ल्याएको छ । यस मार्फत प्रयोगकर्ताहरूले प्रत्यक्ष रूपमा भि २३ ई को “भि आर गोर्जस”ट्यागको सहि रुपमा अनुभव लिन पाउँनेछन् । यसमा आइसोसेल ३.० प्रविधि छ जसले तस्बिर खिच्ने क्रममा प्रकाशको संवेदनशीलता बढाएर फोटोको गुणस्तरलाई अझ बढाउँछ । 

साथै, प्रयोगकर्ताहरूले यस प्रविधि मार्फत उचित प्रकाश नभएको अवस्थाहरूमा पनि भिभोको उत्कृष्ट क्यामेरा प्रदर्शनको अनुभव लिन सक्छन् । क्यामेरा मात्र नभएर, प्रविधि र डिजाइनको उत्कृष्ट तर सुन्दर संयोजनले गर्दा यसउपकरणले “भि आर गोर्जस” लाई पूर्ण रूपमा मूर्त रूप दिन्छ । भिभोको भरपर्दो नवीन टेक्नोलोजी सहितको स्लीक र फ्युचरिस्टिक डिजाइन बजारमा उपलब्ध अन्य प्रतिस्पर्धाबाट यो डिभाइसलाई अलग राख्ने एउटा बिन्दु हो । यसमा भएको ८ जीबी र्याम र १२८ जीबी÷२५६ जीबी रोमको प्रिमियम स्पेसिफिकेशनले उत्कृष्ट अनुभव प्रदान गर्दछजुन अपरिहार्य छ । यो सुन्दर उपकरण एक शक्तिशाली ४०५० एमएएच ब्याट्री द्वारा संचालित छ जसमा ४४ वाट्ट फ्ल्यासचार्ज छ जसले प्रयोगकर्ताहरूलाई आफ्नो दैनिक कार्य र गतिविधिहरू भन्दा राम्रो प्रदर्शन गर्न अनुमति दिन्छ । 

भिभोको यो सुन्दर कदमले यी दुई मात्र होइन धेरै मानिसहरूलाई आफ्नो रुपान्तरणबाट खुशी र आत्मविश्वास महसुस गर्न प्रेरित गरेको छ । ब्रान्डले आफूलाई स्मार्टफोन कम्पनी मात्र नभई मानवीय र मानव भावनाहरूसँग गहिरो रूपमा जोडिएको ब्रान्डको रूपमा सफलतापूर्वक प्रदर्शन गरेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद