Media Network

भक्तपुरको कमलविनायकमा लक्ष्मी बैंकको १४२ औँ शाखा विस्तार


खबरस्टोरी संवाददाता

११ फाल्गुन २०७८,बुधबार

काठमाडौं ।  लक्ष्मी बैंकले भक्तपुरको कमलविनायकमा आफ्नो नँया शाखा संचालनमा ल्याएकोे छ । शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैंकले भक्तपुर नगरपालिका–१० स्थित कमलविनायकमा १४२औं शाखा सञ्चालनमा ल्याएको हो ।

यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । 

शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४२ शाखा, ११ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७३ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास समेत राखेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद