Media Network

भोलि पुनः आठ अर्ब १३ करोड रुपैयाँँको ट्रेजरी बिक्री गर्दे राष्ट्र बैंक


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७८,आईतवार

काठमाडौ । नेपाल राष्ट्र बैंकले सोमबार (भोलि)पुुनः आठ अर्ब १३ करोड रुपैयाँको ट्रेजरीको बिक्री आव्हान गरेको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

फागुन १८ गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने राष्ट्र बैंकको भनाई छ । बिक्री गरिने कुुल ट्रेजरी मध्ये २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको तीन अर्ब १३ करोड रुपैयाँको रहेको छ । यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने २०७८ चैत्र १५ गते र २०७९ जेठ १७ गते तोकिएको छ ।

राष्ट्र बैंकले यसअघि फागुन नौ गते पनि आठ अर्ब  २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।    


Share:
Reaction :
ताजा समाचार
खेलकुद