Media Network

भोलिदेखि नबिल र बंगलादेश बैंकको बैंकिङ सेवा बन्द


खबरस्टोरी संवाददाता

२३ असार २०७९,बिहीबार

काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकले शुक्रबारदेखि सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार बन्द गर्ने भएको छ । दुवै बैंकको एकीकृत कारोबारका लागि आफ्ना सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार बन्द गर्ने भएको हो ।

एक सूचनामार्फत यी बैंकहरूले २७ असारदेखि एकीकृत कारोबार गर्ने भएकाले शुक्रबारदेखि सोमबार कार्यालय समयअगाडिसम्म बैंकिङ कारोबार बन्द गर्ने जानकारी दिएको छ । सोमबारदेखि नै नेपाल बंगलादेश बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरूले नबिल बैंकको प्रादेशिक÷शाखा कार्यालयको रूपमा कारोबार सञ्चालन गर्नेछन् ।

दुबै बैंकको सम्पूर्ण तथ्यांकलाई एकल बैंकिङ सफ्टवेयरमा समायोजन गर्ने प्रयोजनका लागि २४ असारमा कार्यालय समयपछिदेखि सोमबार बिहान कार्यालय समय अगाडिसम्म नबिल बैंकका सम्पूर्ण सेवा तथा कारोबार र असार २५ गते शनिबार सार्वजनिक बिदाको दिन सञ्चालन हुने सम्पूर्ण काउन्टर तथा अन्य बैंकिङ सेवा बन्द रहनेछ । उक्त समयमा नबिल बैंकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहने बैंकले जनाएको छ ।

त्यसैगरी नेपाल बंगलादेश बैंकको भने बिहीबार कार्यालय समयपश्चात २७ असार बिहान कार्यालय अगाडिसम्म सम्पूर्ण बैंकिङ सेवा तथा कारोबार बन्द रहनेछ ।

बैंककाे सूचनाः 


Share:
Reaction :
ताजा समाचार
खेलकुद