केही समयदेखि खाली रहेको सेजको प्लटका लागि प्राधिकरणले प्रस्ताव आह्वान गरेको थियो । ४५ प्लटमा उद्योग सञ्चालनका लागि १५ फागुनदेखि प्रस्ताव आह्वान गरिएकोमा ५५ वटा प्लटका लागि आवेदन आएको छ ।भाडादर, निर्यात सिलिङ लगायत विषयमा संशोधन गर्ने तयारी र भाडामा लिने व्यवसायीले पहिलो वर्ष भाडामा ५० प्रतिशत छुट लगायत विगतको भन्दा सहज प्रावधान र स्किम दिएपछि उद्योगीको आकर्षण बढ्न थालेको हो ।
सेजमा सात उद्योग सञ्चालनमा छन् । ५५ उद्योगले ७ अर्ब बराबरको लगानी र करिब २२ हजार जनालाई रोजगारी दिने प्रस्तावसहित आवेदन दिएका हुन् । हाल आवेदनमा परेका उद्योगले सेजमा उत्पादन गर्दा वार्षिक १० अर्बको हुने अनुमान छ । निवेदनमध्ये ४५ वटा उद्योगले मात्रै लगानी र निकासीको अवस्थालाई हेरेर अनुमति पाउनेछन् । रुपन्देहीको रोहिणी गाउपलिका–१ वगहामा अवस्थित सेजमा ७ वटा उद्योग सञ्चालनमा छन्, केही उद्योगले विगत चार वर्षदेखि निर्यात पनि गरिरहेका छन् । ५२ बिगाहामा फैलिएको सेजमा ६८ वटा प्लट रहेको छ ।
सेज परिसरमा हाल ब्रिलिएन्ट एलइडी, शक्ति मिनरल, विस्तार कम्पनि, पंचकन्या उद्योग, जय बुद्ध र एस पोलिमरले उत्पादन गरिरहेका छन् । सुरुवाती चरणमा उत्पादनको ७५ प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान रहेकोथियो भने अहिले घटाएर हाल घटाएर ६० प्रतिशत छ ।