Media Network

भारतबाट आउने पेट्रोलको मूल्य घट्यो (पत्रसहित)


खबरस्टोरी संवाददाता

५ बैशाख २०७९,सोमबार

काठमाडौं । भारतबाट आयात हुने पेट्रोलको मूल्य घटेर आएको छ । गत शनिबार भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर ४.७९ रुपैयाँले घटेको नेपाल आयल निगमले जनाएको छ ।तर, नयाँ मूल्यअनुसार डिजेलमा प्रति लिटर २.०२ रुपैयाँ, हवाई इन्धनमा ०.३८ रुपैयाँ बढेर आएको निगमको विज्ञप्तिमा उल्लेख छ ।

निगमलाई आगामी १५ दिनमा करिब ३ अर्ब ७४ करोड घाटा हुने स्थिति देखिएको विज्ञप्तिमा भनिएको छ ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद