काठमाडौ । भारतबाट आपूर्ति हुदै आएको बिजुली नआएपछि भैरहवा क्षेत्रका उद्योग मंगलबार रातिदेखि बन्द भएका छन् ।त्यस क्षेत्रमा सञ्चालन हुने प्राय सबै उद्योगमा भारतबाट आयातित बिजुली प्रयोग हुन्छ ।
भैरहवा क्षेत्रमा प्रयोग हुने भारतबाट आयातित ६० देखि ७० मेगावाटको बिजुली आपूर्ति रोकिएसँगै सबै उद्योग बन्दको संघारमा पुगेका छन् ।