विद्युतीय सवारी साधान प्रयोगमा ढिलाई गर्न नहुने भन्दै उनले विद्युतीय सवारी साधन सञ्चालनका लागि सबै ठाउँमा चार्जिङ स्टेशनको व्यवस्था गर्न लागिएको बताए । नेपालका लागि ब्राण्ड इ गो अटोमोटिभले उक्त उत्पादनहरु नेपाली बजारमा बिक्री वितरण शुरु गरेको छ । भारतकै ओएचएम नामक कम्पनीले ओडिसीका लागि इलेक्ट्रिक मोटरसाइकल र स्कुटर उत्पादन गर्दै आएको छ ।
भारतीय बजारमा उपभोक्ताको मन जित्न सफल इलेक्ट्रिक मोटरसाइकल र स्कुटरहरुले नेपाली बजारमा पनि उपभोक्ताको मन जित्ने अपेक्षा रहेको ओएचएम र ओडिसीका संस्थापक करनाकर रेड्डीले बताए । नेपालका लागि ब्राण्ड इ गो अटोमोटिभसँगको सहकार्यमा नेपाली बजारमा विस्तार गरिएको उनले बताए । नेपालका लागि ब्राण्ड इ गो अटोमोटिभको ब्राण्डमा आधिकारीक सोरुम नक्सालस्थित मेरिअट होटलको अगाडि शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
यो सोरुमबाट मोटरसाइकल, स्कुटर र साइकलका आकर्षक मोडेलहरुको बिक्री वितरण हुने ब्राण्ड इ गो अटोमोटिभका सञ्चालक लक्ष्मण रायमाझीले बताए । ब्राण्ड इ गो अटोमोटिभका मोटरसाइकल र स्कुटरमा ४० रुपियाँ बराबरको विद्युतले ८० किलोमिटर गुड्न सक्ने कम्पनीका सञ्चालक रायमाझीले बताए । यी स्कुटरमा वातावरण अनुसार उज्यालो दिने एलइडी हेडलाइट, रेयर–डिस्क ब्रेकवाटर प्रुफिङ, ब्लू टूथ, कि–लेस इन्ट्री, सर्च मोड, सेन्सर कन्ट्रोल सिस्टम र फेलियर इन्डिकेसन सिस्टमलगायत विशेषता छन् । फेलियर इन्डिकेसन सिस्टमले स्कुटरको मोटर, ब्रेक र स्पिड कन्ट्रोलरमा समस्या आए डिस्प्लेमा देखाउने कम्पनीले जनाएको छ ।
त्यस्तै यी मोटरसाइकल तथा स्कुटर पावर, पर्फमेन्स, फिचर्स र मूल्य प्रतिस्पर्धी ब्राण्डको तुलनामा अब्बल तथा यसमा प्रयोग भएका पार्ट्स संसारकै उत्कृष्ट कम्पनीको प्रयोग गरिएको कम्पनीका संस्थापक करनाकर रेड्डीले जानकारी दिएका छन् ।