Media Network

भद्रपुरबाट पोखराको सिधा उडान गर्दै बुद्ध एयर


खबरस्टोरी संवाददाता

२० चैत्र २०७८,आईतवार

काठमाडौं । निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले भद्रपुरबाट पोखराको सिधा उडान गर्ने भएको छ । 

एयरले बैशाख २ गतेबाट भद्रपुर–पोखरा सिधा उडान गर्न लागेको हो । सो रुटमा बिमानले भाडादर ६ हजार ९ सय रुपैयाँ तोकेको छ।उक्त रुटमा बुद्धले नियमित दैनिक १ बजेर २५ मिनेटमा पोखराबाट उडान गर्ने र भद्रपुरबाट ३ बजे पोखराका लागि उडान भर्नेछ ।

७२ सिटे एटीआर–७२ जहाज ११ वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाजहरु रहेको एयरमा यात्राका क्रममा यात्रुहरुले भद्रपुर वरिपरि रहेको विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्यका साथै इलामका चियाबगान, हिमश्रृंखलाहरुको पनि पर्यटकहरुले अवलोकन गर्न सक्नेछन्। 



Share:
Reaction :
ताजा समाचार
खेलकुद