Media Network

बजारमा छाएको त्यो ‘बालेन शाहको चश्मा’


खबरस्टोरी संवाददाता

२० जेष्ठ २०७९,शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा दलगत राजनीतिबिना स्वतन्त्र उठेका बालेन्द्र शाह उर्फ बालेनको चर्चा मात्र भएन, निर्वाचित पनि भए । आम नेपालीको मात्र होइन, जुनसुकै विदेशी पाहुनाको पहिलो नजर पर्छ नेपालकै केन्द्रीय राजधानी रहेको काठमाडौंमा । तर काठमाडौंमा फोहोरको उचित ब्यवस्थापन हुन अहिलेसम्म पनि कुनै नेताहरुले सकिरहेका छैनन् । चुनावकाबेला काठमाडौंलाई सुन्दर नगरीदेखि ‘ग्रीन सिटी’ बनाउने सपना बाँड्ने गरे पनि ब्यवहारमा लागू नभएपछि गैरराजनीतिक दलका उम्मेदवार बालेनलाई काठमाडौंबासीले जिताइदिए । 

गैरराजनीतिक परिवारका बालेन पेशाले इन्जिनियर भए पनि र्यापरका रुपमा चर्चित थिए । शिक्षित परिवारका बालेनको आँखामा भने सधैं कालो चश्मा हुन्छ । उनले लगाउने चश्मा आँखा कमजोर भएर पावरवाला पनि होइन । त्यही ‘ब्लु रे कट’ कालोचश्मा र दारी नै बालेनको पहिचान बन्यो । निर्वाचनकाबेला आमसञ्चारकर्मीहरुले चश्मा फेर्ने कुरा गर्दा पनि बालेनले चश्मा नभई काठमाडौंको मुहार फेर्ने तर्क गरेका थिए । 

काठमाडौं महानगरपालिकामा अप्रत्याशित जित हासिल गरेका बालेनले लगाउने ‘ब्ल्यू रे कट’ चश्माले यतिबेला बजार तताएको छ । बालेन शाह सनग्लास अर्थात बालेन शाहको चश्मा भनेर नै बजारमा बिक्री भइरहेको छ । चश्मा पसलदेखि अनलाइन सपिङ गर्नेहरुले पनि बालेन शाहको चश्मा भनेर नै विक्री गर्दै आइरहेका छन् । १२ सय ५० रुपैयामा विक्री हुँदै आएको यो चश्माको माग अत्याधिक बढेको शिवशक्ति सपिङ हब नेपालले जनाएको छ । समाजिक सञ्जाल फेसबुकबाट प्रचार गरिँदै शिवशक्ति लगायतका अनलाइन ब्यापारीहरुले देशैभर डेलिभरीसमेत दिइरहेका छन् । 

देश विदेशमा जताततै बालेनमय भइरहँदा काठमाडौंको भिएस निकेतन कलेजबाट प्लस–टु, खुमलटारको हिमालयन ह्वाइटहाउस इञ्जिनियरिङ कलेजबाट सिभिल इञ्जिनियरिङ पढेपछि भारतको कर्नाटकबाट स्ट्रक्चरल इञ्जिनियरिङको अध्ययन पूरा गरेका बालेन भने मेयर निर्वाचित भएपछि काठमाडौंको फोहोर कसरी ब्यवस्थापन गर्ने भन्ने विषयमा चिन्तित देखिन्छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद