Media Network

‘बजेट कार्यान्वयन भए नेपाली अर्थतन्त्रलाई आत्मनिर्भर बनाउँछ’


खबरस्टोरी संवाददाता

१९ जेष्ठ २०७९,बिहीबार

काठमाडौं । सरकारले संसदमा पेश गरेको बजेटले हरेक क्षेत्रलाई सम्बोधन गरेको बताउँदै सरोकारवालाहरुले स्वागतयोग्य रहेको बताएका छन् । उनीहरुले बजेट कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

संवाद डबलीले बुधबार आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र बजेट’ बारे आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बजेट विगतको भन्दा तुलनात्मक रुपमा जनताको जीवनसँग जोडिन खोजेको बताए । नेपालको वार्षिक बजेटभन्दा बढी व्यपार घाटा हुने अवस्था सिर्जना भएको बताउँदै बजेटले त्यसलाई घटनाउने प्रयास गरेको उनले स्पष्ट गरे । 

नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो भइसकेको बजारमा हल्ला भएजस्तो संकट नआएको बताउँदै क्षेत्रीले नेपाली अर्थतन्त्रलाई बजेट चलायमान गरेको बताए । “राजनीतिक वृतमा विरोधी खेमामा रहेका नेताहरुले श्रीलंका ऊर्जा बनेको छ, श्रीलंकाको उदाहरण दिएर नेपाली अर्थतन्त्र पनि त्यही बाटोमा जाँदैछ भन्ने गरिन्छ । उनीहरुले अहिलेको सरकार आएपछि ऋण बढेर गएको छ, विदेशी मुद्रा आर्जन गर्ने स्रोतहरु घट्दै गइसकेका छन् भनेर चर्चाबीच आएको बजेटले नयाँ आशाका किरण देखाएको छन्” क्षेत्रीले भने ।

यसअघि सरकारले महंगीलाई ६ प्रतिशतभन्दा माथि नजाने भनेपनि यो बजेट आउने बेलासम्म ७ प्रतिशत भन्दा बढी पुगेको बताउँदै क्षेत्रीले अघिल्लो सरकारले भनेको कुरा पूरा भयो त भन्ने प्रश्न उठेको बताए । उनले वैदेशिक रोजगारीमा जानेको संख्या बढ्ने र विप्रेशण घट्ने गरेको चर्चामा रहेको बताए ।

विदेशी मुद्रा संचिती ११ अर्बबाट ९ खर्बमा पुगेको बताउँदै त्यो कुनै व्यक्तिका कारण नभएर आयत बढ्नु र निर्यत घट्नु यसको मुख्य कारण रहेको बताए ।  उनले विदेशी मुद्रा संचिती पनि पसिना आउने गरी घटेको बताए । त्यसलाई पनि बजेटले आयतलाई पतिस्थापन गर्ने बजेटमा घोषणा गरेको क्षेत्रीले बताए ।

नेपाल कृषि प्रधान भनिएपनि जमिन बाँझो हुँदै गएको अवस्थामा सरकारले सबैभन्दा धेरै बजेट कृषि क्षेत्रमा छुट्याउने र मलदेखि प्राविधिक सहयोग गर्ने घोषणा हुनु सकारात्मक भएको क्षेत्रिको भनाई थियो । कार्यक्रममा बोल्दै क्षेत्रीले वृद्धभत्ता राज्यले  सहयोग आवश्यक भएका जेष्ठ नागरिकले मात्रै लिने उद्देश्यसहित ६८ बर्षमा उपलब्ध गराउने बजेटमा घोषणा आएको बताए । 

त्यस्तै, गैरआवासीय नेपाली संघ (एनआरएनए) का विनोद कुँवरले सरकारले पेश गरेको बजेटलाई स्वागतयोग्य भएको बताएका छन् । कुँवरले परनिर्भता बढ्दै गएको नेपाली अर्थतन्त्रलाई बजेटले आत्मनिर्भरतातिर डोर्याउने प्रयास गरेको बताए । बजेटले विश्वका ८० देशमा छरिएर बसेका नेपालीलाई नेपालमै लगानी गर्ने वातावरण बनाउन संघको माग रहेको बताउँदै बजेटले सम्बोधन गर्ने प्रयास गरेको दाबी गरे । 

वैदेशिक लगानी भित्र्याउन वानडोर नीति आवश्यक भएको कुँवरको भनाइ छ । 

उनले विदेशीलाई पाँच करोडबाट दुई करोड लगानी गर्न पाउने कुरा बजेटमा समेटिनु सकारात्मक कुरा भएको बताउँदै विदेशी लगानी बढ्न अपेक्षा गरे ।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा राजस्व कर तथा राजस्व समितिका सभापति संदिप अग्रवालले सरकारले संसदमा पेश गरेको आगामी वर्षको बजेटले निजी क्षेत्र उत्साहित भएको बताएका छन् । बजेटले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने प्रयास गर्नुको साथै यसका कमीकमजोरीलाई केलाएको बताए ।

उनले विदेशबाट आउने नेपाली कामदारले नेपालीमै लगानी गर्ने र उनीहरुका एयरपोटमा जानेलगायतका केही व्यवहारिक कठिनाई पनि सरकारले समाधान गर्ने आशा महासंघले लिएको बताए ।

निर्यतको लागि सरकारले नयाँ उत्पादनको आईडेन्टीफिकेशन गरेर खासगरी, सिमेन्ट, स्टील, फुटवेयर, पानीलाई नगद प्रोत्साहन दिने नीति आफैमा स्वागतयोग्य रहेको अग्रवालको भनाइ छ । 

राजस्व न्याधिकरण सम्बन्धी नीति खुकुलो बनाउन पनि महासंघको माग रहेको अग्रवालले बताए । राजस्व संकलनमा पनि सरकारले महत्वकांक्षी योजना ल्याएको बताउँदै अग्रवालले बजेट पूर्ण कार्यान्वनयको अपेक्षा निजी क्षेत्रले गरेको बताए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद