Media Network

बैंक अफ काठमाण्डूको बागमती प्रदेशका विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न


खबरस्टोरी संवाददाता

३१ जेष्ठ २०७९,मंगलवार

काठमाडौं।  बैंक अफ काठमाण्डू लिमिटेडले सम्पूर्ण ग्राहकहरुलाई सहज बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले बैंकका बागमती प्रदेश अन्र्तगतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । 

बैंकले हालै सार्वजनिक गरेको दुई निक्षेप योजनाहरुको जानकारी मुलक तथा विभिन्न बैंकिङ्ग सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले संचालन गरिएको उक्त घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता रहेको बैंकले जानकारी दिएको छ । 

बैंकले आकर्षक विशेषताहरु सहित चार गुणासम्मको प्रतिफल भएको बिओके सुपर मुद्दती खाता सार्वजानिक गरेको थियो । साथै, बिओके प्रिमियम प्लस बचत खातामा उच्चतम् ब्याजदर आठ दशमलव शुन्य तीन प्रतिशतको वार्षिक ब्याजदर सहित थुप्रै आर्कषक विशेषताहरु समावेश गरी ग्राहकहरुको फाईदालाई ध्यानमा राखी सार्वजनिक गरेको हो । 

बैंकको बागमती प्रदेश अन्र्तगतका जावलाखेल, इमाडोल, लगनखेल, भक्तपुर, इटाँच्छे, गोगवुं, बालाजु, कलंकी, कमलपोखरी, अनामनगर, बल्खु, इन्द्रचोक, ठमेल, साखुं, न्यूरोड, नक्साल, नयाँ बनोश्वर, पुरानो बानेश्वर, चावहिल, महाराजगंज, ज्ञानेश्वर, त्रिपुरेश्वर, गोठाटार, बनेपा, पनौती, गल्छी, नारायणघाट, पर्सा, हेटौंडा तथा प्रगतिपथ लगायत शाखा कार्यालयहरुले आफ्नो नजिकको स्थानहरुमा घरदैलो कार्यक्रम गरि बैंकको नयाँ योजनाहरुको बारेमा जानकारी दिईएको हो ।  

बैंकले हाल १०१ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद