Media Network

बैंक तथा वित्तीय संस्थाहरुमा २५ करोड रुपैयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७८,आईतवार

काठमाडौ। नेपाल राष्ट्र बैकले बैंक तथा वित्तीय संस्थाहरुमा २४५ करोड रुपैयाँ संस्थागत निक्षेप जम्मा गर्ने भएको छ । आईतबार बैंक तथा वित्तीय संस्थाहरुको नाउँमा सार्वजनिक सुचना जारी गर्दे राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६५ दिने मुद्धती निक्षेपकोरुपमा राख्न लागेको जानकारी दिएको हो । 

राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि २०७८ चैत्र एक गतेदेखि २०७९ फागुन ३० गतेसम्मको तोकिएको छ । लगानीको लागि छुट्याईएको कुल रकम मध्ये बाँणिज्य बैकहरुको लागि २० करोड, बिकास बैंकहरुको लागि तीन करोड ७५ लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड २५ लाख रुपैयाँ तोकिएको छ । लगानीको लागि इच्छुक बैंक तथा फाईनान्स कम्पनीहरुले फागुन १८ गते अपरान्ह पाँच बजेसम्म आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर राष्ट्र बैंकमा आवेदन दिनुपर्ने छ । 

लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएको राष्ट्र बैैंकको भनाई छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद