Media Network

बैंकका कर्मचारीलाई २०७८ मा ३२ दिन बिदा


khabarstory

१५ चैत्र २०७७,आईतवार

वर्ष २०७८ मा बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीले शनिबारबाहेक ३२ दिन बिदा पाउने भएको छन् ।

नियमकारी निकाय नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीअनुसार दसैँ बिदा बढाएर ११ दिन पुर्‍याइएको छ भने महिनागत रूपमा असोजमा नौ दिन बिदा दिइने भएको छ ।

वैशाखमा दुई, जेठमा दुई, भदौमा तीन र असोज नौ दिन बिदा दिइएको छ ।  कात्तिकमा छ, मंसिरमा दुई, माघ एक, फागुनमा तीन र चैतमा चार दिन बिदा रहेको छ । कर्मचारीको संस्कृति वा उनीहरूले मनाउने पर्वअनुसार पनि बिदा लिन पाउनेछन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद