बेनेलीको सोझै “२५००० क्यास डिस्काउन्ट” अफरको घोषणा


खबरस्टोरी संवाददाता
८ चैत्र २०७८, मंगलवार
बेनेलीको सोझै “२५००० क्यास डिस्काउन्ट” अफरको घोषणा
काठमाडौं।  इटालीको उत्कृष्ट बाइक, बेनेली ले नयाँ क्याम्पेन अन्तर्गत “सोझै २५,००० क्यास डिस्काउन्ट”, नो शेयर, नो लक, नो स्क्रयाच कुपन योजना ल्याएको छ । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा नेपालमा रहेका बेनेली बाइक र स्कुटरका सबै भेरियन्टका लागि रु. २५,००० सम्मको नगद छुटको घोषणा गरेको छ । बेनेली बाइकका सबै नयाँ ग्राहकहरुले यो नगद छुट प्राप्त गर्न सक्नेछन् । यो अफर नगद, फाइनान्स वा एक्सचेन्जबाट गरिएको कुनै पनि खरिदमा उपलब्ध रहेको छ ।

ईटालियन ब्राण्ड बेनेलीका प्रिमियम, प्रिमियम प्लसर टुर सृग्मेन्टका बाइकहरु नेपालमा उपलब्ध छन् भने हालै सार्वजनिक भएको स्कुटर बेनेली पनेरा १२५ लोकप्रिय बन्दै गएको छ । बेनेली बाइकहरु अत्याधुनिक सुविधाहरु, स्टाइलिस डिजाइन र शक्तिशाली इन्जिनका कारण विश्वभर लोकप्रिय मानिन्छन् । 

सबै प्रकारका राइडरहरुको आवश्यकता पूरा गर्ने बेनेली को १५० सिसि देखि ७५२ सिसि सम्मका विभिन्न बाइकहरु नेपालमा उपलब्ध छन् । बेनेली ब्रान्ड परिष्कृत सुविधा, स्टाइलिस डिजाइन र शक्तिशाली इन्जिनका लागि विश्वव्यापी रुपमा परिचित छ । 

नेपालमा उपलब्ध बेनेलीका उत्पादनहरुमा टिएनटी १५ आफ्नो सेग्मेन्टमा सबैभन्दा किफायती जसमा ट्रेनिर फ्रेम, अपसाइड डाउन फोर्कस् र इएफआई इलेक्ट्रोनिक फिउल इन्जेक्सन) छ, १८० एस आक्रामक तर आरामदायी छ, टिआरके २५१ प्यारालाल ट्विन इन्जिन सहित साहसिक यात्रा गर्नेहरुका लागि यसकोडिजाइन गरिएको हो, र अन्त्यमा ७५२ ए जसले नेपालका बाटोहरुका लागि थप शक्ति र बल प्रदान गर्दछ । 

बेनेलीले भर्खरै ९४ किलो तौल सहित थुप्रै सुविधाहरु रहेको पानरिया १२५ नेपालमा उपलब्ध गराएको छ । नेपालमा स्थापना भएदेखि नै बेनेलीले आफ्ना ग्राहकका लागि  विभिन्न योजना र अफरहरु ल्याइरहेको छ । कम्पनीले यो नयाँ वर्षको अफरले निरन्तर बढिरहेको ७,००० भन्दा धेरै उत्साही राइडरहरुको परिवारमा थप वृद्धि ल्याउने विश्वास लिएको छ । 

६ वर्षभन्दा बढी समयदेखि केटिएम इन्टरनेशनल ट्रेडिङ प्रा. लि. नेपालका लागि ११० वर्ष पुरानो इटालियन ब्रान्ड बेनेलीको एकमात्र आधिकारिक वितरक र बिक्रेता हो ।