Media Network

बुद्ध एयरले सुरु ग¥यो पोखरा–जनकपुर हवाई उडान


खबरस्टोरी संवाददाता

२१ फाल्गुन २०७८,शनिबार

काठमाडौं– निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा–जनकपुर हवाई उडान सुरु गरेको छ। बुद्धले फागुन २१ गतेबाट उडान सुरु गरेको हो। 

सुरुवाती उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल समेत सहभागी थिए।

पोखराबाट १८ जना यात्रु तथा जनकपुरबाट १६ जना यात्रुले पोखरा–जनकपुरधाम–पोखरा ओहोरदोहर गरेको समेत एयरलाइन्सले जनाएको छ। बुद्धले अहिले पोखराबाट भैरहवा, नेपालगञ्ज, भरतपुर र सिमरामा उडान गर्दै आएको छ। आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिस्सा ओग्टन सफल एयरलाइन्स पनि बुद्ध एयर नै हो। बुद्ध एयरको बजार हिसा ५५ प्रतिशत भन्दा बढी छ।अहिले बुद्ध एयरसँग १६ वटा जहाज भएका छन्।



Share:
Reaction :
ताजा समाचार
खेलकुद