Media Network

बुद्धको पोखरा–जनकपुर सिधा उडान सुरु


खबरस्टोरी संवाददाता

२१ चैत्र २०७८,सोमबार

काठमाडौं । बुद्ध एयरले पर्यटकीय नगरी पोखराबाट जनकपुरको सिधा उडान आजदेखि सुरु गरेको छ। एयरले हप्ताको तीन दिन उडान गर्ने गरी उडान थालेको हो।

पोखरा–जनकपुर प्रत्येक हप्ता शनिबार, सोमबार र बुधबार उडान हुनेछ ।पहिलो चरणमा हप्तामा तीन दिन र यात्रु सङ्ख्या बढ्दै गएमा दैनिक उडान गर्ने र हालका लागि १८ सिट क्षमताको जहाजबाट उडान थालिएको हो ।पचास मिनेटको हवाई यात्रा हुने पोखरा–जनकपुरको उडानमा प्रतियात्रुु सबैभन्दा बढीमा रु नौ हजार ३६० र सबैभन्दा कम रु चार हजार १०० भाडा निर्धारण गरिएको छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद