Media Network

चन्द्रागिरी हिल्सद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् एजेन्डाहरु ?


खबरस्टोरी संवाददाता

७ पुष २०७८,बुधबार

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। 

कम्पनी सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। भर्चुअल माध्यमबाट हुने उक्क्त साधारण सभाले सर्वसाधारण सेयरधनीबाट एकजना सञ्चालक निर्वाचन गर्नेछ। सोही सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति पनि गर्नेछ। 

कम्पनीको प्रबन्धपत्रको दफा ४ (१) मा कम्पनीका उद्देश्य थप गरी संशोधन गर्ने र उक्त संशोधनमा नियामक निकायबाट सुझाव वा निर्देशन भएमा सो बमोजिम आवश्यक संशोधन वा परिमार्जनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पारित गर्नेछ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद